Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

शनिबार, ४ बैशाख २०७८, सगरमाथा पोष्ट.
चितवन, सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउँदै छौँ ।” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिनुभयो । उहाँले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू