Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने

सोमबार, ३० चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शनसमेत गरेको छ । समाजको नुवाकोट शाखाले चैत २३ गतेदेखि शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही छ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, साङ्केतिक रुपमा नगर तथा नदी सफाइ, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरेको उहाँले बताउनुभयो । अन्तक्र्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी, नुवाकोट सभापति नारायण श्रेष्ठलगायतले शान्ति, लोकतन्त्र र न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । समाज केन्द्रीय कार्यसमिति बैठकले सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागार्इंलाई नियुक्त गरेको छ भने पूर्व सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार हुनुहुन्छ । समाजको छ केन्द्रीय सदस्य मनोनयन बैठकले समाजको विधान अनुसार छजना केन्द्रीय सदस्यमा किरण ढकाल काठमाडौँ, कृष्णनारायण श्रेष्ठ (नवलपरासी पश्चिम), सुदिप रिजाल (मोरङ), दुर्गा राना मगर ( काठमाडाँै), उमा गौतम (काठमाडौँ) र गणेश पौडेल (रौतहट) लाई नियुक्त गरेको छ । यसैगरी अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे एवं सदस्यमा लालहरि पाण्डे र दुर्गा देवकोटा तथा सदस्यता अपिल समितिको संयोजकमा बलबहादुर गाहा मगर तथा सदस्यमा भूमिश्वर गौतम र ईश्वरा लिङ्देनलाई नियुक्त गरेको

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू