Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

कालीकोटका ६० वटा वनमा आगलागी

सोमबार, ३० चैत्र २०७७, सगरमाथा पोष्ट.
मान्म, कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भन्नुभयो, “रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन ।” धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उहाँले भन्नुभयो । प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताउनुभयो । कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ । आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिनुभयो । उहाँले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू