Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

सोमबार, ३० चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ । वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो । बालकहरु शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए । महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन् । प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक÷एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले राससलाई जानकारी दिनुभयो । बालकलाई गुठी राख्नकै लागि बनाइएको भद्रकाली सत्तल हाल विभिन्न नाममा अतिक्रमण भएकाले एक रात राख्न पनि मुस्किल हुन थालेको गुठीका अधिकारीको गुनासो छ । बालक तीन वर्षसम्म सत्तलमै बसेर शिक्षा,दीक्षा लिँदा चैत्रकृष्ण चतुर्दशीका दिन अभिभावक दूध चिउरा खुवाउन आउने गर्छन् । बालकको तीन वर्षमा सकिने कर्म गत वर्षमै सकिनुपर्नेमा कोरोना महामारीका कारण बन्दाबन्दी गरिएपछि यसपटक समापन गरिएको हो । सङ्कटा र वटुको भद्रकालीलाई मूल भद्रकाली मन्दिरमा ल्याई जात्रासमेत गरिएको छ । भद्रकालीको आइतबार राति टुँडिखेलमा जात्रासमेत सम्पन्न गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू