Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

३६७ मा कोभिड–१९

आईतवार, २९ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो । पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसमध्ये उपत्यकामा मात्रै १५४ मा सङ्क्रमण देखिएको छ । आज १४१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ । मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन् । बिहीबारदेखि आजसम्म १४ हजार ७३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार २६० मा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा ४९८ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । आज सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू