Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

आईतवार, २९ चैत्र २०७७, सगरमाथा पोष्ट.
बैतडी, बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो । सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो । यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू