Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

मंगलवार, २४ चैत्र २०७७, सगरमाथा पोष्ट.
सिन्धुपाल्चोक, ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो । खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको नगरउपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५÷२५ हजार पुरस्कार रहेको छ । सहभागी खेलाडीलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू