Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

नेप्सेमा झिनो वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

सोमबार, २३ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ । कूल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार बराबर भएको छ । कारोवार भएका कूल १३ मध्ये आज सात उपसमूहको शेयर उकालो लागेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ७५ लाख ६८ हजार ९३ बराबरको कारोवार भयो । यस्तै, आइएमई जनरल इन्स्योरेन्स रु ३१ करोड ३४ लाख ९६ हजार १७४, नेपाल पूर्वाधार बैंक रु २८ करोड ९४ लाख ६३ हजार ८२८, हिमालयन जनरल इन्स्योरेन्स रु २५ करोड २५ लाख ५२ हजार २९०, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड पाँच लाख ५० हजार ६२९, नबिल बैंक रु १५ करोड ५६ लाख ३९ हजार ६१९, चन्द्रागिरि हिल्स रु १५ करोड १८ लाख ९२ हजार १९६, एनआइसी एशिया बैंक रु १५ करोड एक लाख ६१ हजार १२९, नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् । कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए । यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू