Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

बर्माका नागरिकको जीवन रक्षा गर्न माग

सोमबार, २३ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ । यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू