Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

जनज्ञान माविका पुर्व विद्यार्थीहरुको पुनर्मिलन तथा बनभोज कार्यक्रम आयोजना, अक्षय कोष स्थापना गरिने

आईतवार, २२ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । नुवाकोटको शिवपुरी ८ थानापति स्थीत जनज्ञान निकेतन माध्यामीक विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको पुनर्मिलन तथा बनभोज कार्यक्रम आयोजना गरिएको छ । 
काठमाण्डौंको दहचोक स्थीत स्वीजरल्याण्डपार्कमा आयोजना गरिएको कार्यक्रममा विद्यालयबाट एसएलसी पुरा गरेका ३७ व्याचका पुर्व विद्यार्थीहरु मध्य १७ व्याचका विद्यार्थीहरु तथा विद्यालयका तर्फबाट प्रधानाध्यापक महेश सिलवालको उपस्थीति रहेको थियो । कार्यक्रममा जनज्ञानको बृहत्तर बिकास र परोपकारी कार्यका निम्ती पुर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । 
२०५७÷५८ व्याचले संयोजन गरेको कार्यक्रममा जनज्ञानबाट सबैभन्दा पहिलो व्याच २०४० सालमा एसएलसी उत्रिण गर्ने मध्य मुराहारी थपलिया र ढकनाथ पाण्डेलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा बोल्दै जनज्ञान निकेतन मावि प्रधानाध्यापक तथा जनज्ञान क्याम्पसका प्रमुख महेश सिलवालले लामो समय पछि पुर्व विद्यार्थीहरुलाई एकै ठाँउमा देख्दामा अत्यन्त खुसी लागेको बताँउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रधानाध्यापक सिलवालले पुर्व विद्यार्थीहरुले बिद्यालयको हितको निम्ती स्थापना गर्न लागेको अक्षयकोषको निम्ती आफ्नो एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
जनज्ञानबाट २०४० सालमा एसएलसी उत्रिण गर्नुभएका मुराहारी थपलियाले झण्डै ३७ बर्ष पछि पुर्व विद्यार्थीहरुले सम्झीएर सम्मान गरेकोमा धन्यवात दिंदै सम्मानले उर्जा थपेको बताउनुभयो । 
२०४१ व्याचका विद्यार्थी तथा समाजसेवी जगदिश पाठकले लामो समय पछि नयाँ पुराना सार्थीहरुलाई एकै ठाँउमा देख्न पाँउदा खुसी लागेको बताँउदै पुनर्मिलन कार्यक्रमले समाजमा नयाँ सन्देश दिएको बताउनुभयो । 
२०४२ व्याचका पुर्व विद्यार्थी तथा थानापति सेवा समाजका महासचिब पुरुषोत्तम थपलियाले बनभोज र पुनरमिलन कार्यक्रमले पुर्वविद्यार्थीहरुलाई जनघट गर्ने राम्रो अवसर गरेकोमा धन्यवात दिंदै विद्यालयको हितका निम्ती जुटनुपर्ने बताउनुभयो । 
कार्यक्रममा २०४३ व्याचका विद्यार्थी तथा नेपाल राष्ट्र बैकका उपनिर्देशक बद्री खकुरेलले विद्यालयको हितको निम्ती हुने सबै कार्यहरुमा आफनो सहभागीता रहने बताँउदै पुर्व विद्यार्थीहरुले स्थापना गर्न लागेको अक्षयकोषका लागि आफुले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा २०४३ व्याचका विद्यार्थी तथा सामाजीक अभियन्ता बलराम पाठकले बनभोज कार्यक्रम एतिहाँसीक रहेको बताँउदै पुर्व बिद्यार्थीहरुले स्थापना गर्न लागेको अक्षय कोषमा आफुले राम्रो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
२०४८ व्याचका विद्यार्थी तथा थानापतिका वडा सदस्य दिपक थपलियाले पुर्वविद्यार्थीहरुको जमघटले नयाँ परम्पराको थालनी भएको बताँउदै विद्यालयको हितका निम्ती गरिने कार्यक्रममा आफनो सहभागीता रहने बताउनुभयो ।

अग्रजहरुलाई सम्मान गरौं, विद्यालयको बृहत्तर हितका निम्ती पुर्व विद्यार्थीहरुको सहभागीता बढाउनको लागि कार्यक्रम आयोजना गरिएको बनभोज तथा पुनर्मिलन कार्यक्रम संयोजन गरेका २०५७का पुर्व विद्यार्थी तथा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन थपलियाले बताउनुभयो । 
छोटो औपचारीक कार्यक्रममा २०५७ व्याचका तर्फबाट मोहन श्रेष्ठले कार्यक्रममा सहभागी भईदिएकोमा विद्यालय परिवार तथा सवै पुर्व विद्यार्थीहरु प्रति आभार प्रकट गर्नुभयो । 
त्यसतै २०५८ व्याचका शिवराम घिमिरेले भव्यरुपमा कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गदै पुर्व विद्यार्थीहरुको चाँडै एउटा अक्षयकोष स्थापना गरेर विद्यालयमा परोपकारी कार्य गरिने बताउनुभयो । 
कार्यक्रममा पुर्व विद्यार्थी तथा समाजसेवी राजु उप्रेतीले कार्यक्रम व्यवस्थापनको निम्ती रु ५ हजार, बसन्त थपलियाले रु २ हजार, सुुभद्रा पाण्डेले रु २ हजार, नवराज भेटुवाल रु २ हजार, मुराहारी थपलिया, रामकुमार थापा, संगिता पाठक, भवानी लोहनी, शान्ता पौडेल, रामचन्द्र उप्रेती, शन्तोषी महत, अनुप सिलवाल, बासु थपलिया, शिवराम पाठक, दिपक पाण्डे, इन्दीरा पाण्डे, राजेन्द्र पाण्डे, कल्पना जिसी, कविता पाठक, कल्पना डंगोलले जनही एक÷एक हजार र अस्मीता लामिछाने कविता थपलिया, सावित्री पौडेलले जनही रु पाँच÷पाँच सयका दरले सहयोग गर्नुभएको थियो । 
कार्यक्रममा लाइभ दोहरी तथा म्युजीकल चियर लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू