Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

शनिबार, २१ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । केन्द्रीय कार्यालय सानोपमा साँझ ८ बजे शुरु भएको उक्त बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल भइरहेको छ । दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि शुरु भएको हो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरुबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रुपमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेताहरुबीच वर्तमान सरकारको विकल्पका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल चलिरहेको प्रवक्ता शर्माले बताउनुभयो । यसबारे पार्टीका नेताहरुले आ–आफ्नो धारण राख्ने क्रम जारी छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णयलाई कुरेर बसेको अवस्था छ । बैठक सभापति देउवाको सभापतित्वमा जारी छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू