Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

आयोजक शिवपुरी क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, २० चैत्र २०७७, सगरमाथा पोष्ट.

शिवपुरी । आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको आप्mनो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
शिवपुरीका लागि आशिष थिङले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे । उनले फ्रिकिकमा सुन्दर गोल गरेका थिए । त्यस्तै ३१ औं मिनेटमा अनिल थापाले दोस्रो गोल गरे । शिवपुरीका लागि ६० औं मिनेटमा सागर भण्डारीले र निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटमा मोहन गुरुङले गोल गरेपछि शिवपुरीले पञ्चकन्यालाई ४–० गोल अन्तरको फराकिलो जित हात पार्न सफल भयो । शिवपुरीका कप्तान अलिक रुम्बा म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी शुक्रबारको दोस्रो खेलमा ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकाले २÷२ गोलको बराबरी खेले । ककनी गाउँपालिकाले पहिलो हाफमा २ गोल गरेर अग्रता लिएको थियो । ककनीका लागि ७ औं मिनेटमा विश्वास तामाङ र २९ औं मिनेटमा सुशिल तामाङले गोल गरेका थिए ।
तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको तारकेश्वरले २ गोल फर्कायो । तारकेश्वरले २ मिनेटमा २ गोल गरेको थियो । रोशन लामाले ५१ औं मिनेटमा र ५२ औं मिनेटमा शिरिष तामाङले गोल गरे । बराबरीपछि तारकेश्वर र ककनीले एक÷एक अंक बाँडेका छन् । ककनी गाउँपालिकाका अशिम लामा म्यान अफ द म्याच घोषित भए ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू