Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

१६२ मा कोरोना सङ्क्रमण, ५९ जना डिस्चार्ज

बुद्धबार, १८ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । आज कुनै पनि सङ्क्रमितको निधन भएको छैन । यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू