Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

आजदेखि मेयर कप फुटबल प्रतियोगिता

मंगलवार, १७ चैत्र २०७७, सगरमाथा पोष्ट.
नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनुभयो । प्रतियोगितामा नगरभित्रका १६ समूहले प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर–किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले खेलमैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । खेलकूदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उहाँको भनाइ छ । खेलकूदका कार्यक्रमसँगै प्रशिक्षणलाई समेत अगाडि बढाउने तयारी भएको वाग्लेको भनाइ छ । सो प्रतियोगिताको विजेता समूहले नगद रु एक लाख ५० हजार तथा उपविजेता समूहले नगद रु ७५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताउनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू