Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

म्यानमारका सैनिक नेतृत्वद्वारा प्रजातन्त्र पुनःस्थापित गर्ने प्रतिवद्धता

आईतवार, १५ चैत्र २०७७, सगरमाथा पोष्ट.
न्यापित, (रासस÷सिन्ह्वा), म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस््थापित गर्ने प्रतिवद्धता गर्नुभएको छ । म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई सैनिक नियन्त्रणमा लिई म्यानमारको शासनशक्ति हातमा लिएको थियो । त्यसयता म्यानमारमा सैनिक कू को विरोधमा प्रदर्शन हुँदै आएको छ । यो अवधिमा दर्जनौँ प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु भएको छ । सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक जनरल मिनले म्यानमारमा छिट्टै धाँधलीरहित निर्वाचन हुने र निर्वाचित सरकारलाई सरकारको नेतृत्व अस्तान्तरण गर्न आफू इच्छुक रहेको उहाँले बताउनुभएको छ । उक्त अवसरमा सैनिक नेताले निर्वाचन कहिले गर्ने बताउनुभएको छैन । प्रदर्शनको दबाबमा आएको सेनाले प्रजातन्त्र पुनस्थापित गर्ने वाचा गरे पनि दमन भने जारी राखेको म्यानमारको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडीका) नेताहरूले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा प्रशारित सामग्रीमा सैनिक नेता मिनले शुक्रबार प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने बताउनुभएको थियो । सैनिक कू को विरोधमा हुँदै आएको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा ३२० जनाको ज्यान गएको छ । टेलिभिजन सम्बोधनमा सेना प्रमुख मिनले प्रजातन्त्र पुनःस्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताउनुभयो । माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको भन्दै उहाँले अनावश्यक हिंसात्मक गतिविधिलाई रोक्न निर्देशन गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू