Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

राजस्व चुहावट रोक्न सबै सामथ्र्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता

बिहीवार, १२ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गर्नुभएको छ । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, शक्तिका साथ प्रस्तुत हुन्छौँ”, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको आज अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।” अर्थमन्त्री पौडेलले निर्दोष नपरुन् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन सम्बनिधत विभाग र सुरक्षा निकायलाई आग्रह गर्नुभयो । उहाँले चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढङ्गले काम गर्न सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन पनि दिनुभयो । स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच समयमै सूचना आदानप्रदान गर्न आवश्यक भएको बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी दिँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सचेत रहन आवश्यक भएको बताउनुभयो । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट रोक्न नियमित रुपमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ‘नियमित रुपमा अनुमगन गर्नुपर्छ’ भन्नुभयो । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले राजस्व चुहावट हुन नदिन विभिन्न निकायबाट निरन्तर प्रयास भइरहेको जानकारी दिँदै चुहावटमा संलग्नहरूविरुद्ध पनि कडाइका साथ कारवाही भइरहेको बताउनभयो । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताउनुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू