Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

बिहीवार, १२ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ६०८ मा कारोवार भयो । कूल रु ९१ करोड आठ लाख ८० हजार ७१९ बराबरको कारोवार भई शीर्ष स्थानमा छ । यस्तै, माथिल्लो तामाकोशी रु २६ करोढ ९७ लाख ७२ हजार ४६५, सिद्धार्थ इन्स्योरेन्स रु २३ करोड ५१ लाख २१ हजार ६९४, नेपाल बंगलादेश बैंक रु २२ करोड ९२ लाख ४९ हजार ६४२, नेको इन्स्योरेन्स रु १५ करोड ४९ लाख ९६ हजार ४०, एचआइडिसिएल रु १५ करोड १८ लाख ८५ हजार ९६४, नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ९८ लाख ६६ हजार ७७२, एनसिसी बैंक रु ११ करोड १७ लाख ६१ हजार ७२३, प्रिमियर इन्स्योरेन्स रु १० करोड ९२ लाख ९२ हजार ६७० र निर्धन उत्थान लघुवित्त रु १० करोड ८४ लाख दुई हजार २८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ९.९७, बोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउण्टेन हाइड्रो ७.१४, बोटलर्स नेपाल तराई ६.३२, महिला लघुवित्त ५.९१, रैराङ हाइड्रोपावर ५.८७, नेपाल पूर्वाधार बैंक ४.६५ र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ४.४९ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल बंगलादेश बैंक ६.१४, एनआइबिएल प्रगति फण्ड ५.५०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३५, साञ्जेन जलविद्युत् कम्पनी ४.२२, रसुवागढी हाइड्रोपावर ४.०५, हिमाल दोलखा हाइड्रोपावर ३.५२, कालिका पावर कम्पनी ३.४९, रिडी हाइड्रोपावर ३.४७, सारथी नेपाल लघुवित्त ३.४० र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३४ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू