Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व शुरु

आईतवार, ८ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ । गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिङ्गो गाडिने परम्परा रहेको युवा हिन्दू महासङ्घ वसन्तपुरका अध्यक्ष राजन महर्जनले राससलाई जानकारी दिनुभयो । मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो । वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ । पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ । फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ । लिङ्गो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू