Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवा

बिहीवार, ५ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो । गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोवार भएको छ । कनेक्ट आइपिएसमार्फत एक खर्ब चार खर्बको कारोवार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ । उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ । माघमा मोबाइल बंैकिङमार्फत रु ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोवार भएको छ । गत पुसमा रु ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोवार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोवार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु नौ अर्ब २२ करोड ७० लाख बढीको कारोवार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोवार भएको छ । वालेटमार्फत पुसमा रु नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोवार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोवार भएको छ । यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट रु ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु ९३ करोड २० लाख बराबरको कारोवार भएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू