Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चलचित्र‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ १८ मा रिलिज हुने

बुद्धबार, ४ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौ, एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने भएको छ। पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन नसकेको सिनेमा २०७८ भदौ १८ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्। सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ। लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह-निर्माता छन् । सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यस चलचित्रको निर्माण बैनर एबी इन्टरनेशनल हो जो केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। नेपाली सिनेमा बजारमा छुट्टै पहिचान बनाएको छ। यस कम्पनीले चलचित्रको गुणस्तर र कथाबस्तु छनोट देखि कलाकार छनोट अरु भन्दा पृथक छ। चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्ष बताउँछन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू