Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

गैरआवासीय नेपाली संघ अमेरीकाको सह–कोषाध्यक्षमा नुवाकोटका थपलियाद्धारा उम्मेद्धवारी घोषणा

बुद्धबार, ४ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । गैर आवासीय नेपाली संघ अमेरीकाको सह–कोषाध्यक्षमा युवा व्यवसायी तथा सामाजीक अभियन्ता कोषराज थपलियाले उम्मेद्धवारी घोषणा गर्नुभएको छ । 
नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका ८ थानापति घर भई सन २००३ देखि अमेरीकाको लसएन्जलर्समा बासोबास गदै आउनुभएका थपलियाले सह–कोषाध्यक्षको लागि उम्मेद्धवारी घोषणा गर्नुभएको हो । 
सामाजीक सञ्जाल मार्फत थपलियाले उम्मेद्धवारी घोषणा गदै आफु बिजयी भएमा गैरआवासीय नेपाली संघ अमेरीकामा निशुल्क साधारण सदस्यता वितरणका लागि पहल गर्ने दावी गर्नुभयो ।
पशुपति फाउण्डेसन अमेरीकाको सह–कोषाध्यक्ष तथा अन्य बिभिन्न संघ संस्थाहरुमा समेत आबद्ध रहनु भएका थपलियाको लेखा सम्बन्धी लामो अनुभब पनि रहेको छ । 
May be an image of 2 people 
बिगत १८ बर्ष देखि अमेरीकालाई कर्मक्षेत्र बनाएर काम गरिरहनु भएका थपलियाले बिभिन्न सामाजीक तथा परोपकारी कार्यमा समेत सहयोग गदै आउनु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अमेरीकामा मानिसहरु बाहिर निस्कन नसक्ने अवस्थामा समेत पशुपति फाउण्डेसन मार्फत थपलियाले ज्यानको प्रवाह नगरी समस्यामा परेका नेपालीहरुको घर घरमा खाना र सुरक्षाका सामाग्रीहरु डेलिभरी समेत गर्नुभएको थियो । काम धेरै गर्ने र प्रचार कम गर्ने स्वभावका थपलियाले अमेरीकाको साथै जन्म भुमि नुवाकोट तथा नेपालका बिभिन्न ठाँउमा धार्मिक कार्यहरु, परोपकारी र सामाजीक कामहरुमा समेत सहयोग गदै आउनुभएको छ । 
थपलियाले उम्मेद्धवारी घोषणा गदै सार्वजनीक गर्नुभएको यि हुन ६ प्रतिबद्धता 
१) निशुल्क साधारण सदस्यता वितरणका लागि पहल गर्ने ! 
२) नेपालीको जनगणना हरेक दुई दुई वषंमा गनं पहल गर्ने !
३)संस्था संचालन खर्चका लागि चन्दा तथा मासिक चन्दा पहल गर्ने !
४)नेपालीलाई आवश्यक परेको वेलामा सक्दो सहयोग गर्ने ! 
५) हामी र हाम्रा सन्तती सधैका लागि नेपाली  !
६) प्रदेश च्यापटरबाट बिस्तार गरी आवश्यक ठाँउहरुमा क्षेत्रिय र जिल्ला च्यापटर गठन गर्ने !

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू