Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण

आईतवार, १ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.१० ले घटेर ४३५.१३ मा झरेको छ । कूल २११ कम्पनीको ९९ लाख तीन हजार ७०४ कित्ता शेयर रु चार अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ८८ करोड ४९ लाख २० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूह भने ओरालो लागेको छ । होटेल तथा पर्यटन ६१.१२ र जलविद्युत् ४७.८२ ले वृद्धि हुँदा बैंकिङ ३२.३३, व्यापार २१३.१६, विकास बैंक ३७.८४, वित्त १८.८९, निर्जीवन बीमा ३७४.५३, उत्पादन ९६.३४, अन्य ९६.३६, लघुवित्त ९०.६८, जीवन बीमा ४५३.९, सामूहिक लगानी कोष ०.२ र लगानी २.५६ विन्दुले घटेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४४ करोड ५६ लाख १५ हजार ७१३ बराबरको कारोवार भयो । कूल ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको समाचार सार्वजनिक भएपछि लगानीकर्ताको चासोमा सो कम्पनी परेको हो । यस्तै, नेपाल पूर्वाधार बैंक रु २७ करोड ५६ लाख ६८ हजार ५१८, नबिल बैंक रु २० करोड ६६ लाख ८७ हजार ३७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६७ लाख ९४ हजार ४००, ग्लोबल आइएमई बैंक रु १६ करोड ११ लाख चार हजार ४८६, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ६२ लाख ६६ हजार, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ९८ लाख २२ हजार १२६, एनआइसी एसिया बैंक रु ११ करोड ६० लाख ११ हजार ५०९ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ३८ लाख ५८ हजार ४८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा चन्द्रागिरि हिल्स ९.९५, माथिल्लो तामाकोशी ९.८९, पञ्चकन्या माई हाइड्रोपावर ९.७४, घलेम्दी हाइड्रो ९.७२, रैराङ हाइड्रोपावर ९.०४, माउन्टेन इनर्जी ५.९४, नेपाल इन्भेस्टमेन्ट बैंक ४.२१, माहुली सामुदायिक लघुवित्त २.६१ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २.२० प्रतिशतले कमाए । यस्तै, हिमालयन पावर पार्टनर ९.८६, नेपाल हाइड्रो डेभलपर ७.९५, नेपाल दूरसञ्चार कम्पनी ६.५६, शिखर इन्सुरेन्स ६.५५, नेपाल इन्सुरेन्स ६.०८, नारायणी डेभलपमेन्ट बैंक ५.८१, साल्ट टे«डिङ कर्पोरेशन ५.७७ र स्वावलम्बन लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू