Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

शनिबार, २२ फागुन २०७७, सगरमाथा पोष्ट.
नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु
काठमाडौं । नेपाल(पाकिस्तान फ्रेन्डसिप टी(ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो ।
पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।
हाम्रो किचेनका शुभमले ६८ रन बनाए । निखिलले ४८ रन बनाए । पाकिस्तान दूतावासका मिरले २ विकेट लिए  ।
हाम्रो किचेनले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको आयोजक दूतावासले अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो ।
उसका लागि अमिरले ५२ रन बनाए । हाम्रो किचेनका शुभमले ३ विकेट लिए । आशिष र अभियानले २र२ विकेट लिए ।
खेलअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहेका छन् ।
समूह ुएु मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र  लायन क्रिकेट क्लब रहेको छन् ।
समूह ुबीु मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।
यस्तै समूह ुसीु मा आरएस विधापिठ  एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस  ९आईओई ० रहेका छन् । समूह ुडीु मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका   छन् ।
प्रतियोगिता तथा दूतावासका  प्रेस संयोजक अलिले दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि प्रतियोगिता आयोजना हुँदै आएको बताए । दूतावासका प्रथम सचिव सकिल अहमदले प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।

सनिल र सुस्मिता फाइनलमा
काठमाडौं । ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । सुस्मिताले प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।  पुरुष ६४ केजीमा प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेका भरत चन्दलाई पराजित गर्दै उपाधि नजिक पुगे । महिला ४८ केजीमा आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षत्रीलाई पराजित गर्दै सुस्मितासँगको भेट पक्का गरिन् ।
यसैगरी महिला ५१ केजीमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राई उपाधि नजिक पुगे । हरिनाले नुवाकोटकी प्रतिभा शाही र रोशनीले प्लाटिनमकी केनिका राईलाई पराजित गरे । महिला ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगर र मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । महिला ५७ केजीमा नक्सालकी सिवानी श्रेष्ठले आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङले बक्समान्डुकी श्रद्धा प्रसाईलाई पराजित गर्दै उपाधि नजिक पुगे ।
महिलाकै ६० केजीमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पा फाइनलमा पुगे । सजिताले केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र डिचेनले नुवाकोटकी रीता विकलाई सेमिफाइनलमा पराजित गरे । महिला ६४ केजीमा नक्सालकी अम्विका गहतराजले नुवाकोटकी अस्मिता चन्द तथा बक्समान्डुकी हेमा राईले रसुवाकी सपना ऐडीलाई पराजित गरे ।
पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङ र काभ्रेका धमेन्द्र राई फाइनलमा पुगे । मोहनले नक्सालका पवनबहादुर श्रेष्ठ र धमेन्द्रले तारकेश्वरका सुजन ओलीलाई पाखा लगाए । पुरुष ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले मकवानपुरका बुद्ध लामा तथा बक्समान्डुुका वाङ्दी शेर्पाले थानकोटका सुजन महर्जनलाई पराजित गर्दै उपाधि नजिक पुगे । पुरुषकै ५६ केजीमा कोट्स्य भैरवका प्रशान्त लामा र एचटुओका बुद्ध लामा फाइनलमा पुगे । प्रशान्तले नुवाकोटका प्रकाश मगर र बुद्धले धादिङका जेनिस गुरुङलाई पाखा लगाए ।
यसैगरी पुरुष ६० केजीमा नक्सालका मौसम राना र बक्समान्डुका गणेश थापा, ६४ केजीमा ६९ मा बक्समान्डुका चन्द्र तामाङ र आरडीएसका करणसिंह ठकुरी, ७५ केजीमा कोट्स्य भैरवका रुपक नेपाली र रेजका कोसिस श्रेष्ठ तथा पुरुषको ८१ केजी तौल समूहमा मेघदूतका कृष्णराज गिरी र तारकेश्वरका केशर खत्रीले फाइनलमा स्थान बनाए ।
प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू