Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सुगर रोगीले खानै पर्ने कोदोको प्रजाती कागुनो , के हो कागुनो ? कसरी खाने ?

आईतवार, २३ फागुन २०७७, सगरमाथा पोष्ट.
भान्से लक्ष्मण प्रसाद भण्डारी
कार्यकारी प्रमुख 
ग्लोबल नेप्लिज सेफ फेडरेशन

कागुनो सेतो ,रातो या पहेंलो कोदो जसको बैज्ञानिक नाम (Setaria italica Beauv.)   हो । यो घाँसे परिवारमा पर्ने बर्खे बाली हो भने कोदो प्रजातिहरू मध्ये क्षेत्रफलका हिसाबले Pearl Millet (Pennisetum glaucum, बाजरा वा घोगे ) पछि विश्वमा दोस्रो बढी खेती हुने कोदोको प्रजाति हो । फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकोले अंग्रेजीमा यसलाई फक्सटेल मिलेट (Foxtail Millet) भनिन्छ । नेपालमा पनि यो बाली परापूर्व कालदेखि नै खेती हँदै आएको छ । नेपालका पश्चिमी पहाडी जिल्लाहरू, विशेष गरी कर्णाली क्षेत्रहरू जस्तै डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूमा यसको खेती गरेको पाइन्छ ।  विशेष गरी कर्णाली क्षेत्रको स्थानीय खाद्य सुरक्षामा यस बालीको विशेष भूमिका रहेको छ । कागुनो  असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन दिने  भएकाले अहिले म्याग्दी रामेछाप तिरा पनि यसको खेती गरिन्छ !
No description available.
100 ग्राम कागुनोमा  4 ग्राम  फ्याट 351 क्यलोरि  11.2  ग्राम प्रोटिन  63.2ग्राम कार्बोहाइड्रेट   6.7 ग्राम फाइवर  31 क्याल्सियम र भिटामिन  B1  प्रचुर मात्रमा पाइन्छ  । स्नायु प्रणालीलाई चुस्तदुरुस्त राख्न सहयोग पुर्‍याउँछ ।कोलेस्ट्रोल घटाउन सहयोग गर्छ जसका कारण ह्दयाघातबाट जोगिन सकिन्छ ।एन्टिअक्सिडेन्टको मात्रा बढी भएकाले यसले एन्टी एजिङको काम गर्छ ।
छालाको रोगजस्तै सुक्खापन र कत्ला पर्ने समस्या जस्तो पेल्लाग्रा रोगबाट जोगाउँछ । यसमा पाइने म्याग्नेसियमले रगतमा ग्लुकोजलाई व्यवस्थापन गर्नु का साथ साथै  इन्सुलिनलाई संयमित पनि राख्छ त्यसैले मधुमेहका रोगीका लागि यो अति उपयुक्त हुन्छ  । बालबालिकाहरूको हड्डी बलियो तुल्याई बढ्न सहयोग गर्छ । यस लाई खिर, पुवा , सलाद , चटपटे ,र रोटि बनाई प्रयोग  गर्न सकिन्छ । 
         
          खीर 
No description available.
 खिर बनाउदा 150 ग्राम कागुनो लाई 2 लिटर दुधमा आधाघन्टा सम्म धिमाआँचमा पकाउनु होस सख्खर ,मह ,मिस्री ,कुनै एक आफ्नो  स्वादअनुसार राखि आधा जाईफल र सानो  चम्चा मरिचको धुलो राख्नुहोस । कागुनोको खिर तयार भयो । तपाईं संग ड्राइफ्रुट छ भने प्रयोग  गर्न सक्नु हुन्छ । भिभिन्न संवाद दिनु छ भने सुन्तला को रस या बोक्रा लाई मसिनो काटि प्रयोग गर्न सकिन्छ । स्ट्रबरी, भईकटर , आँपको सिजनमा त्यसको  पल्प बनाई पस्कन सक्नु हुन्छ । 
            सलाद 

सलाद बनाउदा कागुनो लाई हल्का उमाल्ने र काँक्रो,भेड़े खुर्सानी, गोलभेडा प्याज र हरियो खुर्सानी लाई  सानो सानो गरि काटि कागति र भुटेको  तोरिको तेल नुन राखी तयार गर्न सकिन्छ , सलाद पत्ता ,तोरीको सागको पात  मिसाउन पनि सक्नु हुन्छ  ।अझ तिलको तेल या जैतुनको तेल पनि प्रयोग  गर्न सक्नु हुन्छ । 

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू