Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

शनिबार, २२ फागुन २०७७, सगरमाथा पोष्ट.
मकवानपुर, बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ । नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । भण्डारीले प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका सङ्ख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र हस्तान्तरण २९८ रहेको प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू