Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

शुक्रबार, २१ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको छ । नेप्सेमा आज ५९.७० बिन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० बिन्दुले घटेर ४४३.९५ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु छ अर्ब ११ करोड ९६ ३८ करोड ६६९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ बिन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ । कारोवारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड २६ लाख ९४ हजार १७६ बराबरको कारोवार भयो । नेपाल पूर्वाधार बैंक रु २५ करोड ८० लाख ७१ हजार २९५, नेपाल बैंक रु २२ करोड ६९ लाख २६ हजार १६२, शिखर इन्स्योरेन्स रु २१ करोड ६९ लाख २२ हजार ७२७, कुमारी बैंक रु २० करोड ४८ लाख ६७ हजार १४६, नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एशिया बैंक रु १७ करोड ७९ लाख ३५ हजार ६६४, नबिल बैंक रु १७ करोड पाँच लाख नौ हजार ३०६, हिमालयन डिस्टिलरी रु १६ करोड ५९ लाख ७४ हजार ६४४ र ग्लोबल आइएमई बैंक रु १५ करोड ९० लाख ७१ हजार १२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् । कारोवारका आधारमा साल्ट टे«डिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआइडिसिएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर १.९५, गुडबिल फाइनान्स १.९३ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् । यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू