Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली

शुक्रबार, २१ फागुन २०७७, सगरमाथा पोष्ट.
झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताउनुभएको छ । उहाँले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताउनुभयो । उहाँले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले प्रसाईँले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।” उहाँले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू