Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

उद्धार हुन सकेन घाइते पत्रकारको

सोमबार, १७ फागुन २०७७, सगरमाथा पोष्ट.
मार्तडी, बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टे बगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ । दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताउनुभयो । कोल्टीमा बस पुग्यो जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको स्थानीयवासी लालबहादुर रोकायाले बताउनुभयो । मार्तडी हुँदै कोल्टीमा पहिलोपटक बस पुगेको हो । कोल्टीमा पहिलोपटक बस पुगेपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन् । कोल्टीमा बस पुगेसँगै नियमितरुपमा कोल्टी हँुदै हुम्लासम्म नियमित यातायात सञ्चालनमा आउने भएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू