Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

विसं २०७८ मा तीन दशैँ

सोमबार, १७ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उहाँले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू