काठमाण्डौं । धार्मिक, एतिहाँसीक र पौराणीक कहानी बोकेको काठमाण्डौंको तारकेश्वर नगरपालीका १० मनमैजु पुरानो बस्तीमा अवस्थीत शिव लिंग रहेको मन्दीरको पुनरनिर्ममाणको काम भइरहेको छ ।
करिब ३ सय बर्ष पुरानो मानिएको उक्त मन्दीर तारकेश्वर नगरपालीकाको ४ लाख ७५ हजार र स्थानीयबासीहरुको ८ लाख गरी झण्डै १३ लाखको लागमा पुननिर्माण भइरहेको हो । मन्दीरको गाह्रो उठाउने र छानोका लागि काठ राख्ने काम भइरहेको छ । मन्दीरमा तामाको छाना, गजुर र माथी पटी नागको तस्वीर राखिने छ ।
स्थानीय समाजसेवी श्याम महर्जनको अध्यक्षतामा, तारकेश्वर १० का वडा सदस्य श्याम महर्जन, समाजेवी लक्ष्मण महर्जन लगायतको पहलमा मन्दीर निर्माणको काम धमाधम भइरहेको छ ।
मन्दीर निर्माणका लागि सरकारी रकम अपुग भएपछि सहयोग संकलन समेत भइरहेको बताइएको छ ।
यसै बिच पुनर्निमाण भइरहेको उक्त मन्दीरको माथी राखिने तामाको गजुर र तामाबाटै निर्माण गरिने नागको तस्वीर मन्दीर निर्माण समितिको अनुगमन सदस्य, समाजसेवी, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सदस्य लक्ष्मण महर्जनले आफनै निजी खर्चमा निर्माण गर्ने घोषणा गरेका छन् ।
महर्जनका अनुसार आफुले घोषणा गरेको उक्त गजुर र नागको तस्वीर राख्नको लागि कालीगर्डहरुसंग सल्लाह भइरहेको छ । महर्जनका अनुसार त्यसका लागि करिब ६० देखि ८० हजार खर्च हुने छ ।

s