काठमाण्डौं । नुवाकोटको लिखु गाँउपालीका वडा नं ४ चौघडाका वडा अध्यक्ष दल बहादुर राईको निधन भएको छ ।
वडा अध्यक्ष राईको उपचारको क्रममा ललितपुरको सुमेरु अस्पतालमा हिजो साँझ निधन भएको स्व राईका भदाहा कैलाश राईले जानकारी दिनुभयो ।
६४ बर्षिय वडा अध्यक्ष राई किडनी फेल भएपछि बिगत ६ बर्ष देखि डाइलोसीस गदै आइरहेका थिए ।
स्व राई नुवाकोटमा राप्रपाबाट बिजयी एक मात्र वडा अध्यक्ष हुन् । राई सहित सोही वडाका सदस्यहरु तात्कालीन राप्रपाको कमल थापा समुहबाट बिजयी भएका थिए ।
यता वडा अध्यक्ष राईको निधन प्रति लिखु गाँउपालीकाले दुख व्यक्त गरेको छ । लिखु गाँउपालीकाका अध्यक्ष ध्रुव श्रेष्ठले शोक बिज्ञप्ती प्रकाशन गदै ईमानदार ,सालिन भद्र र आफ्नो स्वास्थ प्रतिकुल हुदा पनि उतिकै उर्जाशिल ब्यक्तिको निधनले गाऊपालिका लाई अपूरणीय क्षति पुगेको बताउनुभयो । बिज्ञप्ती मार्फत स्वर्गीय राई प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुखद यस घडीमा शोकाकुल परिवार आफन्त वडाबासी सबैमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।