Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

कृष्णले ल्याए लुकि लुकि माया

शनिबार, १५ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं : गायक कृष्ण पाैडेलले नयाँ गीत लुकी लुकी मायाले सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक पाैडेलकाे आफ्नै रहेकाे छ । 
पछिल्लाे समय समाजमा भएकाे माया प्रेमकाे भावनालाई समेटेर लुकि लुकि मायाले बाेलकाे गीत तयार गरिएकाे गायक पाैडल बताउछन् । यसअघि कसैकाे पीडा र वास्तविकता समेटेर गीत तयार गर्ने पाैडेलले यसपटक मायाप्रेमलाई समेटेर गीत तयार गरेका हुन् ।
"लुकि लुकि मायाले बाेलकाे गीत जिन्दगीकाे वास्तविकता आभास गराउने खालकाे छ" उनले भने "माया भन्ने भावनालाई कसैले राेक्न नसक्ने र छेकेर नछेकिने भावना हाे भन्ने कुरा गीतमा रहेकाे छ ।"
पाेखराकाे पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पाैडेल विदेशमा वसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् । " नेपाली संगीत सधै सुख दु:खकाे साथी हाे, त्यसैले अनेक आराेह अवराेह आए पनि मैले सहजरूपमा ग्रहण गरेकाे छु" गायक पाैडेलले भने " त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेकाे छैन ।"
विनाेद बजुरालीकाे संगीत संयाेजन रहेकाे गीतकाे म्युजिक भिडियाेकाे निर्देशन हाेम गुरूङले गरेका छन् । सविन गुरूङकाे काेरियाेग्राफि रहेकाे भिडियाेमा लाेमश शर्मा र अमृता सापकाेटाकाे अभिनय रहेकाे छ ।
No description available.
म्युजिक भिडियाेकाे छायाङन गणेश सापकाेटाकाे रहेकाे छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानाे क्रियसन, पाेखराकाे पाेष्ट प्राेडक्सनमा बनेकाे म्युजिक भिडियाे तयार भएकाे हाे । कतारलाई कर्मभुमि बनाउदै आएका गायक पाैडेलले लाेकसंगीतलाई निरन्तरता दिदै तेस्राे गीत बजारमा ल्याएका हुन् । उनले यसअघि नयाँ दिल्ली बाेलकाे गीतले परदेशी नेपालीहरूकाे मन जितेकाे थियाे ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू