Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति

शुक्रबार, १४ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, फागुन १४ । मोबाइल व्यवसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघले  व्यवसायीलाई बदनाम पार्ने नियतले उठाएर लगिएको र लगाइएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका हो ।
मोवाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले  ताम्राकार कम्प्लेक्समा  संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर सामाग्रीहरु उठाएर लगेको आरोप लगाए । उनले भने ‘पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ । मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान वाध्य हुनेछौं ।’ उनले घटनालाई तोडमोड गरी व्यवसायीहरुलाई बदनाम  गरेर विभिन्न संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारण भैरहेका समाचारप्रति आपत्ती जनाए ।
साउदले प्रहरीले पसलबाट ग्राहकहरुको मर्मतका लागि ल्याएर छाडेका मोवाइल फोनसमेत लगेको हुनाले ग्राहकलाई फिर्ता गर्न कठिन भएको जानकारी दिए । ग्राहकहरुको मोवाइलमा भएको डाटा र व्यक्तिगत जानकारी चोरी हुनसक्ने भएको भन्दै त्यसको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताए । सार्वजनिकरुपमा व्यवसाय पारदर्शिता र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानुन अन्तर्गत सामानहरु जफत गरेको र उठाएको स्पष्ट कारण पनि नदिएकोमा उनले असन्तुष्टि पोखे ।
वाणिज्य विभाग वा राजश्व विभागले मात्र अनुगमन गर्न पाउनृ स्पष्ट व्यवस्था रहेको भन्दै अध्यक्ष साउदले प्रहरीले ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य निन्दनिय भएको आरोप लगाए । उनले यथाशिघ्र रुपमा जनसेवा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिन आग्रह गरेका छन् ।
संघले  ग्राहकले मर्मतको लागि पसलमा ल्याएर छाडेको मोबाइल फोन सेटहरु प्रहरीले लगेको जानकारी दियो ।



 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू