Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

शुक्रबार, १४ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । नेता महतले भन्नुभयो, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्काे परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।” कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न उहाँले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिनुभयो । सर्वाेच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू