Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

बिहीवार, १३ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो । बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अङ्कले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो । कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । कारोवारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर रु २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक रु २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक रु २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स रु १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक रु १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी रु १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स रु १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ८.२२, सिटिजन म्युचुअल फण्ड ३.३३, सानिमा लार्ज क्याप फण्ड २.९०, एभरेष्ट बैंक २.८८, मेरो माइक्रोफाइनान्स १.६०, र ओरियण्टल होटलका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए । यो साता सनराइज फस्ट म्युचुअल फण्ड ६.८४, शिवश्री हाइड्रोपावर ५.५३, आइएमई जनरल इन्स्योरेन्स ५.४५, समृद्धि फाइनान्स ४.७८, माउण्टेन हाइड्रो ४.१८, गुडविल फाइनान्स ४.०४, लिवर्टी इनर्जी ३.९१ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू