Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

थप ४८ जना सङ्क्रमणमुक्त

बिहीवार, १३ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू