Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

बिहीवार, १३ फागुन २०७७, सगरमाथा पोष्ट.
गण्डकी, ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो हुनुभएको हो । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो । विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिच्नु भएका दुई हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ । प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए । सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आप्mनै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पु¥याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाउनुभएकोे थियो । एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गर्नुभएको फोटोले दिएको थियो । फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भन्नुभयो, “सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु । ” फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आप्mनो लागि महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू