Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
गृहमन्त्री थापा सांसदबाट मुक्त भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त

बुद्धबार, १२ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त हुनुभएको छ ।अस्पतालमा आज आयोजित एक समारोहका बीच डा. जोशीले पदभार ग्रहण गर्नुभएको छ ।
ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठले उहाँलाई स्वागत गर्नुभएको थियो ।
स्वागत मन्तव्यका क्रममा अध्यक्ष डा. श्रेष्ठले डा. जोशी एक अत्यन्त दक्ष चिकित्सकका साथै कुशल व्यवस्थापक समेत रहनुभएको जिकिर गर्दै उहाँको नेतृत्वमा अस्पतालको चिकित्सा सेवा थप ब्यवस्थित र सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो ।
समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त मेडिकल डाइरेक्टर डा हरिश जोशीले ॐ अस्पताल नेपालको निजि क्षेत्रवाट सञ्चालित अग्रणि सेवा प्रदायक भएको उल्लेख गर्नुहुँदै अव समय सापेक्ष सुधारसँगै अघिबढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुसँगको सहकार्यमा स्तरिय स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।    
सो अवसरमा विश्ननाथ कोइराला र नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंले स्वागत मतव्य राख्नुभएको थियो।
 
ॐ अस्पतालको स्थापनाकालदेखी नै सेवारत डा. जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसक्नुभएको छ।
 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू