Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता

बुद्धबार, १२ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल र सदस्य सीताराम रेग्मी सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसंग भेट गरेको छ । मन्त्रालयमा भएको सो भेटका क्रममा ढकाल नेतृत्वको सो प्रतिनिधी मण्डलले निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ । भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो । भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि बाहिरिने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपमुलक तालीम तत्काल संचालन गर्न आवश्यक रहेको बताए । सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू