Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

बुद्धबार, १२ फागुन २०७७, सगरमाथा पोष्ट.
चितवन, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ । प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार यस कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी प्रचण्ड र नेपाल काठमाडौँ फर्कनुभएको हो । उहाँहरु आज बिहान १०ः४५ बजे जहाजबाट जानुभएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाटहरु गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्कनुभएको अधिकारीले बताउनुभयो । सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दै हुनुहुन्छ । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू