Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

मंगलवार, ११ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याउनुभयो । उहाँले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गर्नुभयो । उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गर्नुभयो । लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिषाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताउनुभयो । वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढिक्का रहेको दाबी गर्नुभयो । “पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थप्नुभयो । नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फर्कन आग्रह गर्नुभयो । नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पुनर्गठन गरिएको बताउनुभयो । उहाँले युवा सङ्घलाई जुझारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै साइबर सेनाको औपचारिक घोषणा गरेर अघि बढ्नेसमेत बताउनुभयो । त्यसमार्फत साइबरबाट हुने आपराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवसमेत मनाएको थियो । सङ्घको बैठक बुधबार पनि चल्ने छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू