Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

मंगलवार, ११ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिनुभयो । गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू