Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ : अध्यक्ष यादव

मंगलवार, ११ फागुन २०७७, सगरमाथा पोष्ट.
जनकपुर, जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभएको छ । जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्र्नुभयो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गर्नुभयो । मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट पार्नुभयो । असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडीलगायतका वक्ताहरुले आआफ्ना धारणा प्रकट गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू