Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

दुर्घटनामा मृत्यु, लागुऔषधसहित पक्राउ

सोमबार, १० फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ । दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपाम र ३०० एम्पुल प्रोमेथाइजिनसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय विवेक महतो रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७१९४ नम्बरको बस जाँच गर्ने क्रममा महतोको साथमा उक्त लागुऔषध फेला परेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू