Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

प्रदेश २ प्रमुख मा डा.अहिराज, को हुन् डा.अहिराज ?

शनिबार, ८ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा.अहिराजलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरी डा.अहिराजलाई नियुक्त गरिएको जनाइएको छ ।

को हुन् डा.राजेश अहिराज ?

दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय डा.राजेश अहिराज एउटा प्रखर वक्ता, मधेश मामिलाका जानकार तथा राजनीतिक विश्लेषक रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गर्नुभएको छ । नेपाली राजनीतिबारे सूक्ष्म अध्ययन गर्नुभएका डा.अहिराजले गर्दै आउनुभएको विश्लेषणात्मक  विचार राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको देखिन्छ ।

उहाँले विभिन्न पुरस्कार, सम्मानपत्र तथा नेपाल विद्याभूषण ‘क’ बाट विभूषित भइसक्नुभएको छ । नेपाली राष्ट्रियता तथा राष्ट्रवादको वकालत गर्दै उहाँले नेपालमा समतामूलक समाज निर्माणको पक्षमा छलफल तथा बहस गर्दै आउनुभएको छ ।

डा.अहिराजको जन्म रौतहट जिल्लाको तत्कालीन संग्रामपुर गाउँपालिका वडा नं. ४ (हाल गढीमाई नगरपालिका–४) मा वि.सं. २०३६ जेष्ठ ६ गते भएको थियो । उहाँको पिता स्व.नरेन्द्र झा र माता मालतीदेवी झा हुनुहुन्छ ।

अध्ययनः

डा.अहिराजले माध्यमिक तहको शिक्षा श्रीमती कृष्णादेवी माध्यमिक विद्यालय विष्णुपुर, रौतहटबाट सन् १९९५ मा पूरा गर्नुभएको छ । यसैगरी बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल भारतको एसएलके कलेज सितामढीबाट सन् १९९७ मा एससी उत्तीर्ण गर्नुभएको छ । यस्तै, त्रिचन्द्र कलेज काठमाडौंबाट सन् २००५ मा बी.ए. (सोसियोलोजी एजण्ड कल्चर), युनिभर्सिटी क्याम्पस काठमाडौंबाट सन् २००६ मा बी.एड (पोलिटिकल साइन्स एण्ड हिस्ट्री), नेपाल ल क्याम्पसबाट सन् २००९ मा एल.एल.बी. पूरा गर्नुभएको छ । त्यसैगरी, ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि गर्नुभएको छ ।

पुरस्कार तथा सम्मानः

उहाँलाई नेपाल सरकारद्वारा संविधान दिवसको अवसरमा वि.सं. २०७७ असोज ३ गते ‘प्रवल जनसेवाश्री’ सम्मानित गरेको छ । यस्तै, प्रधानसेनापतिबाट ‘प्रधानसेनापति पदक–२०७६’ पुरस्कार, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पुरस्कार, नेपाल विद्याभूषण–२०७४, प्रेस काउन्सिल पुरस्कार–२०७३ लगायत एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी पत्रकारिता क्षेत्रमा उहाँले एक दर्जनभन्दा बढी विषयगत विभिन्न तालिमहरु प्राप्त गर्नुभएको छ भने विभिन्न विषयहरुमा प्रशिक्षकको रुपमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू