Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

प्रम ओलीबाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : मन्त्री रायमाझी

शुक्रबार, ७ फागुन २०७७, सगरमाथा पोष्ट.
पाँचथर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने वताउनुभयो । “प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, रायमाझीले भन्नुभयो “बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ ।” सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ । निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उहाँले चुनावमा आउन नेपाली काँग्रेसलगायतका पार्टीलाई आह्वानसमेत गर्नुभयो । सभालाई सम्वोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसकेको बताउनुभयो । अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उहाँले जिल्लावासीलाई आग्रहसमेत गर्नुभयो । सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड–माधव आफैँ असफल भएको जिकिर गर्नुभयो । जिल्लाका सात गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्न गरी आज फिदिममा जिल्ला स्तरीय सभा सम्पन्न गरिएको हो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू