एञ्जल्स् हर्ट नेशनल स्कुल र एञ्जल्स किड्समा दोश्रो शैक्षिक प्रदर्शनी आयोजना
शनिबार, १ फागुन २०७७,
सगरमाथा पोष्ट.
काठमाण्डौं । फागुन १ । काठमाण्डौंको तारकेश्वर ९ स्थीत एञ्जल्स् हर्ट नेशनल स्कुल तथा एञ्जल्स किड्स मन्टेश्वरीमा दोश्रो शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ ।
लकडाउनमा घरमै बसेका विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट सिकाइएको विभिन्न किसिमका शैक्षिक सामग्रीहरुलाई प्रदर्शनीमा राखिएको एञ्जल्स् हर्ट नेशनल स्कुल तथा एञ्जल्स किड्स मण्टेश्वरीका प्रधानाध्यापक टक थापाले जानकारी दिनुभयो । प्रदर्शनीमा कक्षागत र बिषयगत शैक्षिक सामग्रीहरु तयार गरि प्रदर्शनमीमा राखिएको थियो ।
शैक्षिक प्रदर्शनीको तारकेश्वर नगरशिक्षाका विद्यालय निरिक्षक पदम खत्री र एञ्जल्स् हर्ट नेशनल स्कुल तथा एञ्जल्स किड्स मन्टेश्वरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर पुनले संयुक्त रुपमा उदघाट गर्नुभएको थियो । प्रदर्शनीमा स्कुलको शैक्षिक निर्देशक रेखा शाही हमाल, विद्यालयका प्रधानाध्यापक टक थापा, विद्यालयका शिक्षक÷शिक्षिकाहरु र अविभावकहरुले बालबालीकाले निर्माण गरेको शैक्षिक सामग्रीहरुको अवलोकन गरेर हौसला प्रदान गरेका थिए ।