Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ?

५७ सङ्क्रमित थप

शनिबार, १ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू