Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

बैंकमा लगानीकर्ता भुम्मिदा नेप्सेमा दोहोरो अङ्कको गिरावट

बिहीवार, २९ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले घटेर दुई हजार ५२६.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ बिन्दुले घटेर ४६३.४७ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर रु आठ अर्ब ४१ करोड १७ लाख ३२ हजारमा कारोवार भए । नेप्से ओरालो लाग्दा बजार पूँजीकरणमा समेत प्रभाव परेको छ । साताको अन्तिम दिन आज कूल रु ३४ खर्ब छ अर्ब १७ करोड ४९ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । कारोवार भएकामध्ये कूल तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । यस्तै व्यापार ४०.५९, होटल ४२.८५, जलविद्युत् २५.८५, वित्त १८.४६, निर्जीवन बीमा २०७.२२, उत्पादन १०९.८५, अन्य २२.०८, लघुवित्त १२८.०५ र जीवन बीमा २१४.३९ बिन्दुले घटेको छ । कारोवारका आधारमा आज डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५६ करोड ६३ लाख २९ हजार ८१८ बराबरको कारोवार भयो । यस्तै नवील बैंक रु ३८ करोड ४० लाख ५४ हजार ४५४, कुमारी बैंक रु ३२ करोड ३३ लाख १४ हजार १४२, प्रभु बैंक रु ३० करोड ३० लाख ४० हजार ८६४, ग्लोबल आइएमई बैंक रु २७ करोड ८२ लाख २७ हजार ७२१, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८२ लाख २८ हजार ८२८, एनआइसी एशिया बैंक रु २० करोड ६७ लाख ६७ हजार ४१५ र शिखर इन्स्योरेन्स रु १८ करोड ६९ लाख २९ हजार ९८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा चन्द्रागिरि हिल्स ५.०३, लुम्बिनी विकास बैंक चार, ज्योति विकास बैंक ३.९८, अरुण भ्याली हाइड्रोपावर ३.५६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स १०, डिप्रोक्स लघुवित्त ९.९९, आइएमई जनरल इन्स्योरेन्स ७.६०, गरिमा विकास लघुवित्त ६.५६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ६.१८ प्रतिशतले गुमाए । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू