Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

नेपाल प्रहरीलाई साधनस्रोतले सम्पन्न बनाइने

बुद्धबार, २८ माघ २०७७, सगरमाथा पोष्ट.
वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरक्षा निकायको मनोबल बढाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रातोमाटे, हेटौँडामा वाग्मती प्रदेश सरकारले निर्माण गरेको दुई तले भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न स्थानमा प्रहरीका लागि ४६ भवन निर्माण भइरहेको जानकारी दिनुभयो । करीब आधा भवन निर्माण सम्पन्न भएको र अन्य आगामी असारसम्ममा सम्पन्न हुने जानकारी उहाँले दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रहरीका लागि गाडी उपलब्ध गराउने प्रक्रियासमेत प्रारम्भ भएको बताउनुभयो । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले प्रदेश सरकार प्रहरीको चुस्त व्यवस्थापनमा जुटेको बताउनुभयो । उद्घाटन कार्यक्रमको समापन गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले नवनिर्मित भवनमा १२५ प्रहरीलाई व्यवस्थित रुपमा राख्न सकिने जानकारी दिनुभयो । आन्तरिक मामिला मन्त्रालयका अनुसार मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा ६÷६, चितवन र रामेछापमा पाँच÷पाँच, रसुवा र दोलखामा चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन तीन भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ । मकवानपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी कान्द्राङ, प्रहरी चौकी रातोमाटे, प्रहरीचौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसुँडे, सशस्त्र प्रहरी गण रातोमाटेमा भवन निर्माण भएका हुन । त्यसैगरी चितवनमा रु नौ करोड ९१ लाख ९१ हजार, सिन्धुलीमा रु १२ करोड ८९ लाख ७० हजार, धादिङमा पाँच करोड ९५ लाख ४१ हजार रकम छुट्टाइएर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरी नुवाकोटका लागि रु १० करोड ५८ लाख ३३ हजार, दोलखाका लागि सात करोड १४ लाख २२ हजार रहेको छ । रामेछापका लागि रु १२ करोड ४९ लाख ९१ हजार, रसुवाका लागि १४ करोड ९५ लाख २० हजार र सिन्धुलीका लागि सात करोड ८२ लाख ८२ छुट्टाइएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू